स्वास्थ्य छनौट गरौँ : रचनात्मक, स्वाद र ताजगीले भरीपूर्ण सलाद (भिडियो)



काठमाडौं। दशैं भन्ने बित्तिकै सबैको मन मस्तिष्कमा आउने कुरा हो नाना र खाना ।

दशैं तिहार लगायत अरु धेरै चाडपर्वहरुमा हामी नेपालीहरुले बढी जसो चिल्लो तथा अमिलो पिरो खानेकुराहरु खाने गर्दछौँ ।

मीठाई, माछा मासुका परिकार, थरी थरीका अचारहरु, नेपालीहरुको भान्साको पकवान हुने गर्छ । तर यस किसिमका खानेकुराहरुले स्वास्थ्यमा हानी पनि पु¥याउँछ ।

दशैं तिहारलगायत चाडपर्वमा प्रायः जसो मानिसमा ग्याँस्ट्रिक, अपच, एसीडिटी जस्ता समस्याहरु देखिने गर्दछ । त्यसैले, जिब्रोको स्वाद मात्रै नहेरेर स्वास्थ्यलाई ध्यानमा राखी स्वस्थ खानेकुराहरुलाई जोड दिनु आवश्यक पर्छ ।

र यही कारण दशैंमा माछा मासु मात्र नभई तरकारी र फलफुल राखी विभिन्न परिकारहरु बनाउन सकिन्छ, जुन स्वादिष्टसँगै स्वास्थ्यवद्र्धक पनि हुन्छ ।

साथै, अहिले कोरोना संक्रमण तथा मौसमी प्रभाव हुने भएकोले पनि ताजा र पोषिलो खानु आवश्यक छ ।

र यस्तो बेला भान्सेलाई माछामासु बाहेक मीठो, स्वादिलो र पौष्टिक केही बनाउन सकिन्न र ? भन्ने पनि लाग्छ । त्यसैले नै हामीले चाडपर्व लगायत जुनसुकै बेला, जसले पनि खान मिल्ने सलादको एक सजिलो परिकारबारे चर्चा गर्दैछौँ ।

यो सलादको नाम रहेको छ “प्रोटिन सलाद” । काठमाडौंको बौद्धस्थित सिद्धार्र्थ होटलका एक्सिक्यूटिभ शेफ सूरज खड्काले यो स्वादिलो र पौष्टिक सलाद बनाउन सिकाएका हुन् ।

जंक फुडले केही क्षणको मात्रै सन्तुष्टि दिने गर्छ भने, यस किसिमका खानेकुराले जीवनलाई फाइदा पु¥याउँछ । र सलाद खानु पनि स्वास्थ्यको लागि लाभदायक हो ।

प्रोटिन सलाद बनाउनको लागि हामीलाई चाहिन्छ ः

भिजाएर राखेको गेडागुडी– ४ चम्चा, चना– २ चम्चा, पनीर– २ चम्चा, काँक्रो– १ चम्चा, प्याज– २ चम्चा, टमाटर– २ चम्चा, स्याउ– २ चम्चा, कागती– एउटा, चाट मसाला– आधा चम्चा, कालो नुन– स्वाद अनुसार, ओलिभ तेल– १ चम्चा ।

यी सबै राम्रो सँग मले पछि, प्रोटिन सलाद खानलाई तयार हुन्छ ।

प्रोटिन सलादलाई हामी साइड डिस वा स्न्याक्स (खाजा) को रुपमा खान सक्छौं ।

प्रतिक्रिया दिनुहोस्