सावधानीका साथ पर्व मनाऔं : कांग्रेस प्रवक्ता शर्मा



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले कोरोनाको महामारीको संक्रमणबाट जोगिएर पर्व मनाउन आग्रह गरेको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार भिडिओ सन्देश जारी गरेर कोरोना महामारीबाट सतर्क रहेर पर्व मनाउन आग्रह गरेका हुन् ।
‘बुद्ध, सगरमाथा, वीर गोर्खाली सैनिक अनि मिहेनती र इमानदार मानिसहरू, अनेक भाषा, अनेक संस्कृति, अनेक पर्व अनि पर्वहरूप्रति गर्व र गौरव। त्यही गर्व र तिनै पर्वको, सबैलाई शुभकामना,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको भिडिओमा भनेका छन्, तर, पर्व मनाइरहँदा कोरोनाको महामारीबाट सतर्क हुन चैँ नबिर्सौं ।’

प्रतिक्रिया दिनुहोस्