वैदेशिक रोजगारीको १० वर्षे कथाः ६ हजार ९ सय २१ जना बाकसमा फर्किए



काठमाडौं : पछिल्लो दश वर्षमा वैदेशिक रोजगारीमा गएका ६ हजार ९ सय २१ युवा कफिनमा फर्किएका छन् । यस अवधिमा १ हजार २ सय ५२ भन्दा वढी अंगभंग भएका छन् । 

मलेसिया र खाडी मुलुकमा मत्रै ४सय २७ जना विभिन्न अभियोगमा जेल जीवन विताईरहेका छन् । त्यसवाहेक गैरकानुनी हैसियतमा रहेका, अबैध बाटोबाट वैदेशिक रोजगारीमा गएका, श्रम स्वीकृतिको अबधि सकिएकाहरुको लेखाजोखा छैन ।

कतार, साउदी अरब, कुवेत र बहराइनमा गरेर १८ नेपाली कोमामा छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्