कैदीबन्दीलाई खसी उपहार



लमजुङ । लमजुङ कारागारका कैदीबन्दीलाई खसी उपहार दिइएको छ । नेपाल बार एसोसियन लमजुङ बार इकाइले दसैँ हर्षोल्लासका साथ मनाउन खसी सहयोग गरेको हो ।
नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारीलगायत बारका पदाधिकारीले कारागारका नाइके नविन गुरुङलाई खसी हस्तान्तरण गरे ।
नेपाल बार एसोसियन लमजुङ बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारीले कैदीबन्दीलाई दसैंको शुभकामना दिँदै चाडपर्व सबैका लागि समान भएको बताए । लमजुङ कारागारमा अहिले २ नाबालकबाहेक १ सय ४ जना कैदीबन्दी छन् ।

प्रतिक्रिया दिनुहोस्