कोरोना संक्रमणबाट मात्र ४ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा ६ सय ६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
५ हजार ५९४ नमूना परीक्षणमा ६ सय ६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा ३ हजार ६७१ नमूनाको पीसीआर र १ हजार ९२३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । जसमध्ये पीसीआर विधिबाट ३२६ र एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको हो । मन्त्रालयका अनुसार आइतबार थप ६ सय ९ जना कोरोनामुक्त भएका छन् ।
कोरोनाका सक्रिय संक्रमितको संख्या १४२६७ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित १०७ जनाको भेन्टिलेटरमा र ३१५ जनाको आइसीयूमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा २२ हजार २७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्