नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा



काठमाडौं । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । बंगलादेशसँग बुधबार भएको खेलमा अन्तिम समयमा नेपाली टिमले बराबरी गोल गरेपछि फाइनलमा पुगेको हो ।
सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पटक हो । खेलको ८७ औं मिनेटमा नेपालका अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पु¥याएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । यसअघि बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो ।
अब नेपालले शनिबार फाइनल खेल्नेछ । फाइनलमा भारत र माल्दिभ्समध्ये एकसँग भिड्नेछ ।
भारत र माल्दिभ्सको खेलबाट फाइनलमा पुग्ने अर्को टोलीको टुंगो लाग्नेछ । भारत र माल्दिभ्सबीचको खेल ९ः४५ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस्