झापामा बंगाली समुदायले मनाए महाअष्टमी पर्व



झापा । भद्रपुरमा महाअष्टमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी भव्य रूपमा मनाइएको छ । बंगाली समुदायले हरेक वर्ष झैँ यस वर्ष पनि महाअष्टमी पर्व हर्षोल्लासका साथ मनाएका हुन् ।
नेपाल बंगाली समाज र बंगाली युवा क्लबद्वारा भद्रपुर–६ मा आयोजित २३ औं सार्वजनिक दुर्गा पूजास्थलमा व्रतालुहरूले महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी महाअष्टमी पर्व मनाएको आयोजक समितिका संयोजक अमूल्य मण्डलले जानकारी दिए ।
बंगाली समुदायका महिला, पुरुष तथा बालबालिकाहरू महाष्टमीमा विशेष पूजाआजा गर्दै खुसी साटासाट गर्ने धार्मिक चलन छ । अघिल्लो वर्ष कोरोना महामारीले सार्वजनिक दुर्गा स्थगन गरिएको थियो । यस वर्ष स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पूजा गर्न अनुमति दिएपछि पूजास्थलमा व्रतालुहरूको उल्लेख्य उपस्थिति रहेको संयोजक मण्डलले बताए ।

प्रतिक्रिया दिनुहोस्