‘प्रतिपक्षी कलम’ सार्वजनिक



भक्तपुर । स्तम्भकार लक्ष्मणराज जोशी (जोरालंं) द्वारा लिखित लेखहरुको संग्रहलाई पुस्तक आकार दिइएको छ । प्रतिपक्षी कमल नामाकरण गरी त्यसलाई मंगलबार सार्वजनिक गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितले पुस्तकको एक कार्यक्रमबीच लोकार्पण गरे । पुस्तकमा स्तम्भकार जोरालले लेखेका दुई दशकभन्दा अगाडिका लेखहरु समावेश छन् ।
लेखकका श्रमिक साप्ताहिक र मजदुर दैनिकमा छापिएका लेखहरु पुस्तकमा समावेश छन् । पुस्तकको मूल्य तीन सय रुपैयाँं राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्