मदिराको नशामा श्रीमानले गरे श्रीमतीको हत्या



अर्घाखाँची । मदिराको नशामा अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।
गुल्मीको ईस्मा गाउपालिका-२ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेब गाउँपालिका-८ मा भाडामा बस्ने ४३ वर्षीय लाल बहादुर कुमालले बुधवार राति श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक सुजन शाहले अभियुक्तबारे थप अनुसन्धान भइरहेको छ ।
उनले आफूले नसामा श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्