एमालेले भन्यो : संसद् अवरोधलाई जारी राख्छौं



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोधलाई निरन्तरता दिने भएको छ । सोमबार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक विशाल भट्टराईले त्यसबारे जानकारी गराएका हुन् ।

संसद्को अवरोध मागहरु पूरा नहुञ्जेल निरन्तरता दिने उनले बताएका छन् । एमालेले आफ्नो पार्टी विभाजन र त्यसमा सभामुख सहयोगी भएको आरोपसहित गत भदौदेखि संसद् अवरोध गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्