आयरल्यान्डविरुद्ध टस जितेर नेपाल फिल्डिङमा



काठमाडौं । चार देशीय टी-२० शृंखलाको अन्तिम खेलमा अहिले नेपाल र आयरल्यान्ड प्रतिस्पर्धा गर्दै छन् । ओमानको अल अमेरात क्रिकेट मैदानमा आयरल्यान्डविरुद्ध नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर सुरुआती फिल्डिङ गर्ने निर्णय गरेका छन् ।

यससँगै आयरल्यान्डले ब्याटिङ सुरु गरेको छ । यस खेलसँगै चारदेशीय शृंखलाको विजेता टुंगो लाग्नेछ । संयुक्त अरब इमिरेट्स (यूएई) ३ खेलबाट ४ अंकसहित शीर्षस्थानमा छ । यस्तै, आयरल्यान्ड, ओमान र नेपालको समान दुई अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्