निर्वाचन आयोगले हप्तामा २ दिन मात्र पत्रकार सम्मेलन गर्ने



काठमाडौँ । निर्वाचन आयोगले अब हरेक हप्ता दुई दिन पत्रकार सम्मेलन गर्ने जनाएको छ। आयोगले प्रत्यक सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्ने जनाएको हो।

फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएकोमा आयोगले हाललाई उक्त निर्णय स्थगित गरिएको जनाएको छ।

आयोगले आज एक विज्ञिप्ती जारी गर्दै अब प्रत्यक सोमबार र मंगलबार अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो।

सरकारले २०७९ वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गतिविधि जानकारी गराउने उदेश्यले हप्तामा दुई दिन पत्रकार सम्मेलन गर्ने बताएको हो। पत्रकार सम्मेलन आयोगका प्रवत्ता तथा सहायक प्रवताले गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्