महाभियोगबारे छलफल गर्न कांग्रेस संसदीय दलकाे बैठक बस्दै



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज (मंगलबार) बस्दैछ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालका अनुसार बैठक बिहान ९ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । 

आजको बैठकमा मुख्य एजेण्डा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गत आइतबार दर्ता भएको महाभियोग प्रस्तावकाे समीक्षा र आगामी रणनीति रहेको छ। त्यसबाहेक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले बताइन् । गत आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका थिए।

जबराविरुद्ध गलत समयमा महाभियोग दर्ता भएको भन्दै प्रमुख प्रतिपक्षी एमालेले विरोध जनाएकाे छ । एमाले संसदीय दलको बैठक सोमबार बसेको थियाे ।  

प्रतिक्रिया दिनुहोस्