नेकपा केन्द्रीय सदस्य चन्द्र विक्रम चन्द ‘विरजंग’ को निधन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र विक्रम चन्द विरजंग को निधन भएको छ ।
उनी नेकपाका महासचिव नेत्र विक्रम चन्दका सहोदर जेठा दाजु हुन् ।
लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेको उनको भारतको दिल्लीस्थित म्याक्सिस अस्पतालमा विहान निधन भएको नेकपा श्रोतले जनाएको छ ।
केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका चन्दको कारागारमा पटक–पटक अस्वस्थ भएर अस्पतालमा उपचार गरिएको थियो ।
रोल्पामा जन्मिएका उनी पछिल्लो समयदेखि बसाइसराइ गरेर कपिलवस्तु जिल्लाको शिवराज गढीमा बस्दै आएका थिए।
६१ वर्षीय चन्दको दुई छोरा र एक श्रीमती छन्।

प्रतिक्रिया दिनुहोस्