महिला प्रहरी अधिकारीलाई जिउँदै जलाए ट्राफिक प्रहरीले



एजेन्सी : केरलमा एक महिला प्रहरी अधिकारीलाई जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ । २३ वर्षीया सिभिल प्रहरी अधिकारी सौम्या पुष्करनलाई ट्राफिक प्रहरीले पेट्रोल हालेर जिउँदै जलाएको घटना सार्वजनिक भएको हो ।  

मिडिया रिपोर्टका अनुसार उनी अलप्पुझा जिल्लाको वल्लिकुन्नम पुलिस चौकीमा कार्यरत थिइन् । 

‘सौम्या पुलिस कैडेटको ड्युटीपछि घर फर्किदै थिइन् ।’ एक पुलिस अधिकारीले भने, ‘यही क्रममा मावेलिक्करा गाउँमा ट्राफिक प्रहरी एजाजले पहिलो उसको कारमा स्कुटर ठक्कर दिएको थियो ।  सौम्या कारबाट झरेर भाग्ने कोशिस गर्दा ट्राफिक प्रहरीले उनीमाथि चाकु प्रहार गरे । त्यसपछि पेट्रोल खन्यायर आगो लगाए ।’

घटनाको क्रममा उक्त ट्राफिक पुलिसको पनि ५० प्रतिशत भाग जलेको छ । उनको अलप्पुझा मेडिकल कलेजको आईसीयूमा उपचार भइरहेको सञ्चारमाध्यमले जनाएको छ । तर, घटना के कारणले भएको हो त्यो थाहा नभएको एक पुलिस अधिकारीले बताए । मृतका सोम्याको श्रीमान विदेशमा छन् भने उनको तीन जना छोराछोरी रहेको एक पुलिस अधिकारीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्