मेयरमाथि कुटपिट



 

स्याङ्जा :   चापाकोटका नगरप्रमुख शिव गिरी कालकोट जिल्लामा कुटिएका छन् ।  उनी नेतृत्वको नगरपालिकाको टोली स्याङ्जाबाट बिहिबार रारा भ्रमणका लागि निस्किएको थियो ।

 

 शनिवार बेलुका रारा पुगेर फर्किएपछि कालिकोटको स्थानीय एक होलमा झगडा हुँदा गिरी कुटिएका हुन् ।  झगडामा घाईते गिरीको टाउकोमा चोट लागेको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादु कार्कीले बताए । 

 

जिल्ला अस्पताल कालीकोटमा गिरीसँगै घाइते स्वकीय सचिव राजकुमार मल्ल, नगर प्रहरी इन्चार्ज शोभित थापा र सवारीचालक सुनिक एसकेको उपचार भईरहेको छ ।

 

आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्