दसैंको अवसरमा रौतहटमा कुस्ती प्रतियोगिता



रौतहट । दशैँको अवसरमा रौटहतमा कुस्ती प्रतियोगिता आयोजना भएको छ । जिल्लाको करिब दर्जन ठाउँमा कुस्ती प्रतियोगिताको आयोजन गरिएको हो ।
रौतहटको गढीमाई नगरपालिकाको मलाहीमा ठूलो कुस्ती प्रतियोगिताको आयोजन गरिएको छ । भारत र नेपालका कैयौँ खेलाडीले कुस्तीमा भाग लिएको आयोजकले जनाएको छ । गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले कुस्ती खेल स्थानीयको माग रहेको आधारमा भारतबाट खेलाडी मगाइएको र नेपाल प्रहरीको नेतृत्वमा कुस्ती प्रतियोगिता गराइएको बताएका छन् । कुस्ती प्रतियोगितामा तीन नेपाली खेलाडीले भारतीय कुस्ती खेलाडीलाई पराजित गरेका छन् ।
रौतहटको गढीमाई ८ बीरनगराका कुस्तीबाज राजेश यादवले भारतको दिल्लीका कुस्तीबाज राहुलबीच खेलको लागि ८ मिनेटको समय निर्धारण गरिएकोमा पहिलो एक मिनेटमै पराजित गरेका छन् । यसै गरी नेपाल प्रहरीका कुस्तीबाज जवान रितेश यादवले भारतको बनारसका खेलाडी इसारुदीनलाई पराजित गरे । यसैगरी नेपाल प्रहरीका धर्मेन्द्र यादवले दिल्लीका अर्का कुस्तीबाज गोलु पहलवानलाई पराजित गरेका छन् । नेपाल प्रहरीका रामअसिस यादवको नेतृत्वमा प्रहरीका कुस्ती खेलाडीको टोलीले मेलामा सहभागिता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्