औषधिजन्य उत्पादनबाट प्रदूषित नदीले स्वास्थ्यमा गम्भीर खतरा



एजेन्सी : औषधि तथा औषधिजन्य उत्पादनबाट प्रदूषित विश्वका नदीहरुले वातावरण र विश्वव्यापी स्वास्थ्यमा गम्भीर खतरा निम्त्याएको एउटा अध्ययन प्रतिवेदनले दर्शाएको छ ।

प्यारासिटामोल, निकोटिन, क्याफिन, मिर्गी तथा मधुमेहका औषधिका कारण विश्वका नदीहरु प्रदूषित हुने गरेको युनिभर्सिटी अफ योर्कले गरेको अध्ययनमा दर्शाइएको हो ।

पाकिस्तान, बोलिभिया, इथोपियाका नदीहरु सबैभन्दा बढी प्रदूषित बनेका छन भने आइसल्यान्ड र नर्वेका नदी र अमेजनको रेनफरेस्टले ठूलो मूल्य चुकाएका छन् । साझा औषधिजन्य यौगिकहरुको प्रभाव अझै पनि धेरै हदसम्म अज्ञातै छ ।

तर, यो पहिले नै राम्रोसँग स्थापित छ की मानिसहरुका गर्भनिरोधक औषधिको घुलनले माछाको विकास र प्रजननमा असर पार्न सक्छ । नदीमा एन्टिबायोटिकको बढ्दो उपस्थितिले औषधिको रुपमा उनीहरुको अस्थित्व सीमित पार्न सक्छ ।

अध्ययनमा १०० भन्दा बढी देशमा एक हजारभन्दा बढी परीक्षण स्थलबाट ल्याइएको पानीको नमूना लिइएको थियो ।

समग्रमा २५८ नदीहरुको नमूनामध्ये एक चौथाइ भन्दाबढी नमूनामा सक्रीय औषधिजन्य तत्वहरु रहेको र त्यो जलीय जीवहरुका लागि असुरक्षित मानिएको छ । ‘सामान्यतया के हुन्छ भने हामी यी रसायनहरु लिन्छौ, तिनीहरुको हामीमा केही इच्छित प्रभावहरु हुन्छन र तिनीहरुले हाम्रो शरिर छोड्छन्’, अनुसन्धान समूहका नेता डा जोन विलकिन्सनले भने ।

‘अहिले हामीले थाहा पाएको कुरा यही हो की सबैभन्दा आधुनिक प्रभावकारी फोहर पानी प्रशोधन केन्द्रहरु यी यौगिकहरुलाई ९नदी वा तालमा विलय हुनुअघि० घटाउन पूर्ण रुपमा सक्षम छैनन् । ’

धेरै पटक पत्ता लगाइएका औषधिहरूमध्ये मिर्गी तथा नसा दुखाईको उपचारमा प्रयोग हुने कार्बामाजेपाइन र चिनिरोग उपचारमा प्रयोग हुने मेटफरमिन थिए ।

कफिन र निकोटिन तथा दुखाई कम गर्न प्रयोग गरिने प्यारासिटामोलका ‘हाइ कन्सनट्रेसन’ पनि नमूना पानीमा भेटिएको परेको थियो ।

प्रतिक्रिया दिनुहोस्