चेन्नई सुपर किङ्सले जित्यो आईपीएलको उपाधि



काठमाडौं । कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किङ्सले आईपीएल टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।
दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकातालाई २७ रनले हराउँदै चेन्नईले उपाधि जितेको हो ।
चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।
कोलकाताका लागि शुबमन गिलले सर्वाधिक ५१ र भेन्कातेस एयरले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टिमको हार टरेन ।
चेन्नईले सार्दुल ठाकुरले ३ विकेट लिए । रविन्द्र जडेजा र जोश हाजलउडले २/२ तथा दिपक चाहर र ड्वाने ब्राभोले १र१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।
चेन्नईका फाप डु प्लेसिसले ८३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोइन अलिले अविजित ३७ रन जोड्दा रुतुराज गायकवाडले ३२ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्