अञ्जन विष्टले आज हुने साफ फुटबलको फाइनल खेल गुमाउने



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले साफ फुटबलको आज हुन लागेको फाइनल खेल गुमाउने भएका छन् ।
दोहोरो पहेँलो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाउने भएका हुन् ।
यसअघि भारतसँगको खेलको अन्तिम समयमा पनि उनले पहेँलो कार्ड पाएका थिए ।
गएको बुधवार बंगलादेशसँगको खेलमा बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्‍याउन नायक बनेका उनले खेल गुमाउँदा नेपाललाई दबाब पर्नेछ ।
फाइनल खेल आफूले खेल्न नपाए पनि आफ्ना सहकर्मीले मेहनत गरेर नेपाललाई जिताउने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्