सलीम र सलमान खान शाहरुखको मन्नतमा



नयाँ दिल्ली । सलमान खान शाहरुख खानका असल साथी हुन् । जब देखि आर्यन खान क्रूज ड्रग्सको केसमा गिरफ्तार भएका छन् उनी शाहरुख खानसँग लगातार सम्पर्कमा छन् । केहि दिन पहिले सलमान खान शाहरुख खानलाई भेट्न गएका थिए । यस्तैमा सलमान खान र उनका बुबा सलीम खान शाहरुख खानको बंगला ‘मन्नत’मा उनलाई भेट्न गए ।

सलमान खान र सलीम खानको कार मन्नत जाँदै गरेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । ड्रग केसमा आर्यन खानको धरौटीको लागि बुधवारको सुनुवाई छ ।

आर्यनको जमानत निवेदन शुक्रबार अस्वीकृत भएको थियो । अदालतले अन्य दुई अभियुक्त अरबाज मर्चेन्ट र मुनमुन धमेचाको धरौटी निवेदन खारेज गरेको थियो । अदालतले तीन आरोपी आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धामेचाको निवेदन ‘सुनुवाईको योग्य नभएको’ बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्