शर्लिनले लगाइन् शिल्पा र राजमाथि मानसिक यातनाको आरोप



एजेन्सी । बलिउड नायिका शर्लिन चोपडाल नायिका शिल्पा शेट्टी र उनको पति राज कुन्द्रामाथि मानसिक यातनाको आरोप लगाएकी छन् ।

पछिल्लो समय उनले शिल्पा र राजमाथि उनले बिभिन्न आरोप लगाउँदै आएकी छन् । पोर्नोग्राफी घटनामा राज कुन्द्राको नाम जोडिएपछि शर्लिनले सामाजिक सञ्जालमा राजविरुद्ध कयौं पोष्ट गरेकी छन् । उनले राज अश्लिल फिल्मको कारोबारमा संलग्न रहेको आरोप समेत लगाएकी थिइन् ।

अहिले शर्लिनले शिल्पा र राजमाथि जालसाजी गरेको र आफूलाई मानसिक यातना दिएको आरोप लगाएकी हुन् ।

उनले यो उजुरी अक्टोबर १४ को दिन मुम्बई प्रहरीमा दर्ता गरेकी छन् । ‘मैलै राज कुन्द्राको विरुद्ध यौन उत्पीडन, जालसाजी र धम्की दिएको भनि उजुरी दिएकी छु,’ शर्लिनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्