‘एमसीसी पास नगरे झनै महाराष्ट्रघात हुन्छ’ : डा. महत



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले एमसीसी पास नगरे महाराष्ट्रघात हुने बताएका छन् । काँग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे ब्रिफिङ गर्दै डा.महतले कुनै पनि हालतमा एमसीसी फागुन १६ भित्रै संसदबाट पारित हुनुपर्ने बताएका हुन् ।

डा.महतले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास नगरेचाहिँ राष्ट्रघात हुने जिकिर गरेका छन् ।  पूर्वअर्थमन्त्री महतलाई बैठकमा एमसीसीबारे प्रष्ट पार्नका लागि बोलाएको थियो ।

महतले एमसीसीबारे अनेकन भ्रम सिर्जना गर्ने काम भएको भन्दै यसलाई चिर्दै एमसीसी पास गर्न ढिलो गर्ननहुनेमा उनको जोड थियो । उनले एमसीसीको विरुद्धमा भ्रम सिर्जना गरेर शक्तिराष्ट्रसँग सम्बन्ध बिगार्न नहुनेमा पनि जोड दिएका छन् । एमसीबारे यसमा सरकार र काँग्रेस गम्भीर हुनुपर्ने भन्दै  अमेरिकासँग सम्बन्ध बिगारेर राम्रो नहुने बताएका छन् ।

उनले कांग्रेसले सन् २०१९ मै पास गर्न खोजेको पनि सम्भव नभएको भन्दै अब भने ढिला गर्न नहुने दोहोर्याएका छन्  । आयात र निर्यात सन्तुलन मिलाउन पनि एमसीसी सहयोगी बन्ने उनको भनाई छ ।

यस्तै महतले एमसीसीको चीनसँग कुनै साइनो नभएको पनि जिकिर गरेका छन् । उनले काङ्ग्रेससहित सबै दलहरू एक ठाउँमा भएर एमसीसी स्वीकार गर्दा कुनै राष्ट्रघात नहुने स्पष्ट पारेका छन् ।  

प्रतिक्रिया दिनुहोस्