गण्डकी प्रदेश बजेट: फिल्म केन्द्रदेखि घरघरमा बिजुली



गण्डकी : सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ । 

प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३५ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३३ अर्ब र सुदुरपश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेका छन् ।

चालु वर्ष २४ अर्ब रुपैयाँको बजेट ल्याएको गण्डकी प्रदेशले आउँदो वर्षको लागि ३५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउँदैछ । उपल्लो मुस्ताङ र मनाङमा चलचित्र केन्द्र बनाउने, हरेकको घरघरमा बिजुली, आन्तरिक पर्यटन बर्ष घोषणा, खानेपानीको पहुँच, हरेक गाउँपालिकालाई प्रदेश राजधानी पोखरासँग जोड्ने तथा कृषि र पर्यटनलाई मुख्य प्राथमिकता दिने प्रदेश ४ सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्