साफ फुटबलको फाइनलमा नेपालविरुद्ध भारत २–० ले अगाडि



काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिफको फाइनल खेलमा नेपाल विरुद्ध भारतले २–० को अग्रता बनाएको छ । पहिलो हाफमा बराबरीमा रोकिएको खेल दोस्रो हाफमा भारतले लगातार २ गोल गरेको छ । दोस्रो हाफको सुरुवातमै भारतले दुई मिनेटभित्र दुई गोल गरेको हो । ४८औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले हेडर गोल गर्दै भारतलाई अग्रता दिलाए ।
लगत्तै २ मिनेटपछि सुरेश सिंहले डी बक्सभित्रबाट गोल गर्दै भारतको अग्रता दोब्बर पारे ।
यसअघि भएको खेलमा भारतसँग नेपाल १–० गोल अन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्