इपीएल फुटबलमा चेल्सीको संघर्षपूर्ण जित



काठमाडौं । इंग्लिस प्रिमियर लिग (इपीएल) फुटबलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको हो । चेल्सीको जितमा बेन चिलवेलले निर्णायक गोल गरे ।
जितसँगै चेल्सी १९ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ । पराजित ब्रेन्टफोर्ड १२ अंकसहित सातौं स्थानमा छ ।
यसैगरी, गए राति भएकै अर्को खेलमा लिभरपुलले फराकिलो जित निकालेको छ ।
लिभरपुलले वाट्फोर्डलाई ५–० गोलले पराजित गरेको हो ।
लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले ह्याट्रिक गोल गरे । साडियो माने र मोहमद सलाहले एक एक गोल गरे ।
जितसँगै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
लिभरपुलले ८ खेलमा १८ अंक जोडेको छ । वाट्फोर्ड ७ अंकसहित १६औं स्थानमा छ ।
यस्तै, इपीएलकै अर्को खेलमा म्यानचेस्टर युनाइटेडलाई ४–२ ले पराजित गर्दै लेस्टर सिटी विजयी भएको छ । यससँगै प्रिमियर लिगमा युनाइटेडको २९ खेलको अपराजित यात्रा टुंगिएको छ ।
शनिबार राति भएका अरु खेलमा वुल्भ्सले एस्टन भिल्लालाई ३–२, म्यानचेस्टर सिटीले बर्नलीलाई २–० तथा साउथह्याम्पटनले लीड्सलाई पराजित गरेका छन् । नर्विच र ब्राइटनले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्