प्रदेश ५ बजेट : कृषिको आधुनिकीकरणदेखि बजेट खर्च गर्ने मुख्य लक्ष्य



बुटवल : सातवटै प्रदेश सरकारले आइतबार आर्थिक वर्ष २०७६र७७ को बजेट ल्याउँदैछन् । सातवटै प्रदेशको कुल बजेटको आँकडा २ खर्ब ५४ अर्ब पुग्ने अनुमान छ ।  

प्राप्त विवरण अनुसार प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३५ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३३ अर्ब र सुदुरपश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेका छन् ।

प्रदेश नम्बर पाँचको सरकारले आइतबार ३५ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दैछ । दिउँसो ३ बजे प्रदेश सभा भवन बुटवलमा आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट सार्बजनिक गर्ने कार्यसूची रहेको छ । 

यो बजेटमा कृषिको आधुनिकीकरण, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिने सरकारको तयारी छ । चालु वर्ष २८ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेर खर्च गर्न नसकेको आरोप खेपेको सरकारले अहिले भने पूर्ण कार्यन्वयन हुने खालको बजेट तयार गरेको प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बताउनुभयो  ।

प्रतिक्रिया दिनुहोस्