नेकपा एस हुम्लाको जिल्ला इन्चार्जमा लोकबहादुर हमाल चयन



सिमकोट । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी हुम्लाको जिल्ला इन्चार्जमा लोकबहादुर हमाल चयन भएका छन् ।
पार्टीले जिल्लाको इन्चार्जमा केन्द्रीय सदस्यसमेत रहेका हमाललाई चयन गरेको एकीकृत समाजवादी हुम्लाका जिल्ला सचिव कमल छत्यालले जानकारी दिए।
उनका अनुसार जिल्लाको सहइन्चार्जमा पार्टीका जिल्ला अध्यक्ष शिवराज शर्मा र केन्द्रीय सदस्य हस्तबहादुर शाही चयन भएका छन्।
दुई महत्वपूर्ण पदपूर्ति भएसँगै एकीकृत समाजवादीले जिल्लामा पूर्णता पाएको छ।
सहइन्चार्जद्वय शर्मा र शाही पनि एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन्।
जिल्ला सहइन्चार्ज शाही यसअघि नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रीय सचिव र उपाध्यक्ष थिए।
त्यस्तै एमाले हुम्लाको सचिवालय सदस्यसमेत रहेका सहइन्चार्ज शाही माओवादी केन्द्र र एमाले मिल्दा सो पार्टीका प्रदेश कमिटी सदस्य थिए। अर्का सहइन्चार्ज शर्मा पनि एमाले र नेकपाको प्रदेश कमिटी सदस्य थिए।
जिल्ला इन्चार्ज चयन भएसँगै केन्द्रीय सदस्य बोहराले जिम्मेवारी थपिएकोसँगै पार्टी संगठन निर्माणको अभियानमा लाग्ने बताए।

प्रतिक्रिया दिनुहोस्