माधुरी दीक्षितले २२ औं वार्षिकोत्सवमा सुन्दर भिडियो सेयर गरिन् (भिडियोसहित)



नयाँ दिल्ली । बलिउडकी धक–धक र्गल माधुरी दीक्षितको आज विवाहको २२ बर्ष पुरा भएको छ । उनले एक विशेष भिडियो सेयर गरी पति श्री राम नेनेलाई वार्षिकोत्सवको बधाई दिएकी छिन् । माधुरी दीक्षितको यो पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ । माधुरी दीक्षितका फ्यानहरु पनि यो पोस्टलाई धेरै मन पराएका छन् ।

वास्तवमा, भिडियोमा माधुरीले आफ्नो र श्री राम नेनेको केहि सुन्दर तस्वीरहरु सार्वजनिक गरेकी छन्, जसको पृष्ठभूमिमा अभिनेत्री को फिल्म ’दिल तो पागल है’ को संगीत चलिरहेको छ ।

माधुरी दीक्षितले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट यो भिडियो शेयर गरेकी हु्न। यसलाई पोष्ट गर्दै अभिनेत्रीले यसको क्याप्सनमा ’२२ म्याजिकल इयर अफ टुगेदरनेस’ लेखेकी छन् । माधुरीको यो पोस्टमा फ्यानहरु संगै सेलेब्सको कमेन्ट पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्