भारतका केन्द्रीय वित्त राज्यमन्त्री चौधरी नेपालमा



पूर्वी नवलपरासी । भारतका वित्त राज्यमन्त्री पंकज चौधरी नीजि भ्रमणमा नेपाल आएका छन् । उनी सुनौली भैरहवावाट स्थलमार्ग हुँदै मनकामना दर्शनका लागि नेपाल आएका हुन् ।
उनीसँगै तीर्थाटनमा उनका परिवारका सदस्य र केही भारतीय नेता रहेका पत्रकार अजय चौहानले जानकारी दिए । उनी भारतीय जनता पार्टीका नेता हुन् ।
अर्थ राज्यमन्त्री पंकज चौधरी स्थलमार्ग हुँदै नवलपरासी आएको र उनको उचित सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाइएको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक प्रकाश मल्लले पुष्टि गरेका छन् । उनको भ्रमण धार्मिक तथा नीजि रहेको बताइएको छ ।
उनी मनकामनाको एक होटलमा रात बिताउने छन् । सोमबार पुजाआजा गरेर फर्किने कार्यक्रम रहेको छ । मनकामना मन्दिर र उनी बस्ने होटल आसपासमा सुरक्षा व्यवस्था थप मजबुत बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्