घाँटी काटिएको अवस्थामा युवकको शव भेटियो



जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका ५ गाँगुलीमा एक युवकको शब भेटिएको छ । घाँटी काटेर हत्या गरेको अवस्थामा आइतबार बिहान अन्दाजी ३५ वर्षीय सञ्जिव पण्डितको शव फेला परेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । उनको शनिबार राति हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्