‘युरेनियम’ जस्तो धातु किनबेचमा संलग्न कांग्रेस नेता सहित ८ जना पक्राउ



काठमाडौं । युरेनियम जस्तो धातु किनबेचमा संलग्न कांग्रेस नेता सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको विशेष ब्यूरो र काठमाडौं प्रहरी परिसर, टेकुले चलाएको संयुक्त अपरेशनमा रेडियोधर्मी पदार्थ ‘युरेनियम’ जस्तो देखिने धातु किनबेचमा संलग्न ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना कांग्रेस नेता पनि रहेका छन् ।

कांग्रेसबाट ललितपुर क्षेत्र नं. ३ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेवार बनेका नवराज महत पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । उक्त घटनाको वारेमा अनुसन्धान भइरहेकाले विस्तृत विवरण भने आउन बाँकी छ । पक्राउ पर्नेहरुमा नेता महतसहित भूपेन्द्र खड्का, रामकृष्ण लामिछाने, नारायण यादव, सुरेन्द्र चौधरी, राजु ठाकुरलगायत रहेका छन् ।

साथै एक अधिकृतका अनुसार धातुको पहिलो नमूना परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) पठाउँदा नतिजा नेगेटिभ आएको थियो भने हाल बरामद गरिएको धातुको परीक्षण रिपोर्ट आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्