वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन



काठमाडौं । वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन गरिएको छ । वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि विभागमा प्रहरी टोली परिचालन गरिएको हो ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिएका छन् ।

उनका अनुसार आज बिहानैदेखि सादा पोशाकमा टोली परिचालन भएको छ। विभागसँगको समन्वयमा टोलीले काम गर्ने जनाइएको छ ।

केहीअघि भ्रमण भिसामा गएर मानिस ठगिएको गुनासो आएपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो । यसलाईसमेत टोलीले निगरानी गर्नेछ ।

टोलीलाई उजुरी लिने, अनुसन्धान गर्ने तथा पक्राउ गर्नेसम्मको अधिकार दिइएको छ । हाल टोली सादा पोशाकमा रहेको र आवश्यकतानुसार परिचालन हुने ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्