प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावको विपक्षमा राप्रपा



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्तावको विपक्षमा उभिएको छ । काठमाडौंमा मंगलबार बसेको पदाधिकारी बैठकले जबराविरुद्ध लगाइएको महाभियोगले न्याय क्षेत्रमा देखिएको बेथिती समाधान नगर्ने निष्कर्ष निकाल्दै प्रस्तावको पक्षमा उभिन नसक्ने प्रस्ट्याएको हो ।
प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्तावको खेलमा आफ्नो पार्टी सहभागी नहुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । बैठकले न्यायालय राजनीतिक दलहरुकै दबाब, प्रभाव, हस्तक्षेप र भागबन्डाका कारण धरासायी भएको राप्रपाको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्