एमसीसीबारे कांग्रेसद्वारा १२ बुँदे आधिकारिक धारणा सार्वजनिक (पूर्णपाठसहित)



काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेञ्ज कर्पोरेशनसँग भएको एमसीसी सम्झौताबारे १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पारित धारणामा नेपालमा पूर्वाधारको व्यापक विकासका लागि अन्तर्राष्ट्रिय सहयोग र सहायता आवश्यक रहेको उल्लेख छ । नेपालले आफ्नो प्राथमिकता अनुसार फाइदा हुने क्षेत्रमा उच्चतम प्रयोग हुनेगरी सहायता स्वीकार गर्नुपर्ने कांग्रेसले प्रष्ट पारेको छ ।
.काँग्रेस बैठकले एमसीसी प्रतिनिधि सभामा टेबुल गर्ने निर्णय गरेको छ । काँग्रेसले एमसीसी सम्झौता संसदमा अनुमोदनका लैजानु सरकारको राजनीतिक कर्तव्य भएको जनाएको छ ।
यसअघि प्रधानमन्त्री देउवाले भोलिको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने विश्वास लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्