नेपाल दलित मुक्ति संगठनद्वारा भीमबहादुरको हत्यारालाई कारबाही गर्न माग



चितवन । चितवनमा मन्दिरमा पूजा गर्ने विषयको विवादमा भीमबहादुर विश्वकर्मा मारिएको भन्दै नेकपा एकीकृत समाजवादी निकट नेपाल दलित मुक्ति संगठनले दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।
संगठनका अध्यक्ष गणेश विश्वकर्माले विज्ञप्ति जारी गरी घटनाको घोर भर्त्सना गरेका हुन् ।
आफ्नो पार्टी तथा संगठनका पदाधिकारीले स्थलगत अवलोकन गर्दा चितवन वडा नम्बर ४ का ५८ वर्षीय विश्वकर्मालाई मन्दिर प्रवेशकै निहुँमा कु्टपिट गरी मारिएको विज्ञप्तिमा दाबी गरिएको छ ।
गत असोज २७ गते बिहान विश्वकर्माको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्