भारतीय गायक बप्पी लहरीको निधन



काठमाडौं । भारतका दिग्गज गायक बाप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ। बुधबार बिहान मुम्बई अस्पतालमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

लहरीलाई एक महिना अघि नै अस्पतालमा भर्ना गरिएको थियो र गत सोमबार उनी डिस्चार्ज भएका थिए। यद्यपि मंगलबारदेखि उनको स्वास्थ्यमा पुनः समस्या आएपछि परिवारले घरमा नै डाक्टरलाई बोलाएका थिए। बप्पी लहरीले सन् १९७०–८० को दशकका थुप्रै फिल्मका गीतहरुमा आवाज भरेका छन्। उनले सन् २०२० मा आएको बाग्गी ३ को गीत पनि गाएका थिए। 

प्रतिक्रिया दिनुहोस्