राम रहिमलाई जन्मकैदको सजाय



काठमाडौं । रणजीत सिंह हत्याकाण्डमा डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहिमलाई जन्मकैदको सजाय सुनाइएको छ ।
साथै उनलाई ३१ लाख भारु जरिवाना पनि तोकिएको छ ।
सिरसाको डेरा सच्चा सौदा प्रमुख राम रहिमलाई डेरा प्रेमी रणजीत सिंहको हत्यामा सीबीआईको विशेष अदालतले जन्मकैदको सजाय र ३१ लाख जरिवानाको फैसला सुनाएको हो ।
रणजीत सिंह डेराको प्रबन्ध समितिका सदस्य थिए । उनको सन् २००२ मा हत्या भएको थियो ।
अदालतले १२ अक्टोबरमा नै राम रहिमलाई दोषी ठहर गरेको थियो ।
राम रहिम एक पत्रकारको बलात्कार र हत्याको मुद्दामा अहिले पनि जेल सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्