विश्वभर कोरोरोनाबाट ५९ लाखको मृत्यु



एजेन्सी । राज्यहरु र कम्पनीहरुले गर्ने प्रदूषणका कारण हुने विश्वव्यापी मृत्यु कोभिड-१९ का कारण हुने मृत्युभन्दा बढी भएको राष्ट्रसंघको वातावरणीय प्रतिवेदनले जनाएको छ । मंगलबार प्रकाशित सो अध्ययनले केही विषाक्त रसायनहरु नियन्त्रण गर्न ‘तत्काल र महत्वाकाक्षी कार्य’ का लागि आह्वानसमेत गरेको छ ।

विषादी, प्लाष्टिक तथा विद्युतीय फोहरका कारण चैतर्फी मानवअधिकारको उल्लंघन र समय नपुगी हरेक वर्ष ९० लाख जनाको मृत्यु हुने प्रतिवेदनले जनाएको छ । यस विषयलाई धेरै हदसम्म बेवास्ता गरिएको पनि अध्ययनमा बताइएको छ ।

वल्डोमिटरको तथ्यांकअनुसार कोभिड १९ बाट अहिलेसम्म ५९ लाख मानिसको मृत्यु भइसकेको छ । यो सख्ंया हरेक वर्ष प्रदूषणका कारण हुने मृत्युभन्दा थोरै हो । ‘प्रदूषण र विषाक्त पदार्थहरूले निम्त्याउने जोखिम व्यवस्थापन गर्ने वर्तमान दृष्टिकोणहरू स्पष्ट रूपमा असफल भइरहेका छन्, जसका कारण स्वच्छ, स्वस्थ र दिगो वातावरणको अधिकारको चौतर्फी उल्लंघन भएको छ,’ प्रतिवेदनका लेखक डेभिड बायडले भने ।

रोयटर्ससँगको अन्तर्वार्तामा उनले भने, ‘यी व्यक्तिहरूले अझ राम्रो गर्नको लागि मलाई लाग्छ अब हामीसँग नैतिक र कानूनी दायित्व छ । ’ स्वच्छ वायु र पानीलाई मानिसहरुको एउटा अधिकार भएको घोषणा गरेको राष्ट्रसंघीय मानव अधिकार परिषद ९युएनएचआरसी० ले आफ्नो बेसाईटमा सो प्रतिवेदनको मस्यौदा राखेको छ । यो प्रतिवेदन अर्को महिना यूएनएचआरसीमा पेस गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्