नेदरल्याण्डसलाई ७ विकेटले पराजित गर्दै आयरल्याण्डको विजयी सुरुवात



काठमाडौं । नेदरल्याण्डसलाई ७ विकेटले पराजित गर्दै आयरल्याण्डले आईसीसी टि२० विश्वकपमा विजयी सुरुवात गरेको छ ।
समूह ‘ए’ मा रहेको आयरल्यान्डले सोमबार नेदरल्यान्ड्सलाई हराएको हो । नेदरल्याण्डस्ले दिएको १ सय ७ रनको सामान्य लक्ष्य आयरल्यान्ड्सले १५.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो ।
आयरल्याण्डको जितमा ग्रेथ डेलानीले ४४ रनको योगदान दिए । ओपनर पाउल स्टर्लिङ ३० रनमा अविजित रहे । कर्टिस क्याम्फर ७ रनमा नटआउट रहे । ओपनर केभिन ओ ब्रायनले ९ र कप्तान एन्डी बालबर्नी ८ रन थपे ।

प्रतिक्रिया दिनुहोस्