प्रदेश २ मा मंगलबार सार्वजनिक बिदा



जनकपुरधाम । प्रदेश २ को सरकारले प्रदेश २ मा भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।
मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसको अवसरमा प्रदेश सरकारले भोलि बिदा दिएको हो । प्रदेश २ सरकारको क्यालेन्डरमा कात्तिक २ गते मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्म दिवसका अवसरमा बिदा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्