गुठी विधेयकको विरोधमा जनकपुरका साधुसन्त



जनकपुरधाम : गुठी विधेयकको विरोधमा जनकपुरधाममा साधुसन्तहरुले आज (आइतबार) विरोध प्रदर्शन गरेका छन् । 

सरकारले राष्ट्रियसभा बैठकमा दर्ता गरेको गुठी विधेयक हिन्दु धर्म संस्कृतिमाथिको प्रहार भएको भन्दै विरोधमा उत्रिएका हुन् । उनीहरुले रामानन्दिय सम्प्रदायका साधुसन्तले जनकपुरमा विरोध र्याली निकालेर संघयि सरकारको विरोध गरेका हुन्। 

उनीहरुले ‘संघीय सरकार मुर्दावाद, गूठी विधेयक फिर्ता गर, केपी ओली मुर्दा वाद’ नारा लगाउँदै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेको थिए । 

जनकपुरको तुलसी स्मारकबाट सुरु भएको र्याली जनकपुरको प्रमुख मार्ग जानकी चौक, पुरानो बाजार, जनक चौक, राम चौक, शिव चौक, कदम चौक हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । 

धनुषाका प्रमुख जिल्ला अधिकारीलाई साधु सन्तले एक ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्रमा ‘संघीय सरकारले गुठी विधेयक ल्याएर हिन्दू धर्म र संस्कृतिमाथि नै प्रहार गर्न लागेकोले विधेयक तत्काल फिर्ता लिन माग गर्दै त्यसो न भये यहाँका साधुसन्त कडा संघर्षमा जाने चेतावनी दिए ।’

जिल्ला प्रशासन पुगेका साधुसन्त महन्थमा जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास बैष्णव र सुन्दर सदनका मानमहन्थ नवलकिशोर दाससहित दर्जनो रामानन्दिय सम्प्रदायका साधु महात्माहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन

वीरगञ्ज : तस्करी रोक्नको लागि खटिएको प्ररहीले नै तस्करीलाई बढावा दिदा के होला ? हो

काठमाडौ : केहि हप्तादेखि मन्त्रिमन्डल पुनर्गठनको तयारी शुरु गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्म पुनर्गठनको

काठमाडौं : तत्कालिन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालका एक्ला छोरा प्रकाशको

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिना शीर्षकमा ४ लाख ८० हजार रुपैयाँ

काठमाडौँ : प्रहरी मुख्यालय मानव स्रोत एवं प्रशासन विभागले गत साउन २६ गते प्रकाशित गरेको

काठमाडौ : लामो समयदेखि ट्याक्सीको दर्ता बन्द गरेकामा सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको

एजेन्सी : एक विवाहित शिक्षिकाले आफ्नै १६ वर्षका छात्रसँग अनुचित सम्बन्ध राखेपछि अहिले अदालतले एक

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुर्नगठनको अन्तिम तयारी गरिरहेका छन् । यसका लागि

काठमाडौं : वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा

काठमाडौं : भारतीय पूर्वविदेश सचिव तथा पूर्व भारतीय राजदूत श्यामशरण काठमाडौंमा आएका छन् । अहिले

वीरगञ्ज : शसस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख डिआईजी राजु अर्याल यतिखेर आफ्नै सहकर्मीले