पहिलो फिल्ममा निःशुल्क अभिनय गरेकी थिइन दीपिकाले 



काठमाडौं : बलिउडमा कहिले ‘मस्तानी’ बनेर त कहिले ‘शान्तिप्रिया’ बनेर अभिनेत्री दीपिका पादुकोणले आफ्नो अभिनयको आगो र सुन्दरताले फ्यानलाई मोहित बनाएकी छन् । उनको नाम बलिउडको सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा सूचीकृत छ ।

आफ्नो करियरमा दीपिकाले सम्पत्ति र लोकप्रियता खुबै कमाईन् । उनको अहिलेको कुल सम्पत्ति सय करोडभन्दा बढी नै छ । तर, सायद कमैलाई मात्र थाहा होला कि महंगो पारिश्रमिक लिने दीपिकाले आफ्नो डेब्यू फिल्म ‘ओम शान्ति ओम’मा निःशुल्क काम गरेकी थिइन् ।

यो फिल्ममा दीपिकाको संवाद ‘एक चुट्की सिन्दूर की कीमत तुम क्या जानो महेश बाबू’ अहिले पनि उत्तिकै लोकप्रिय छ । उनले फिल्ममा एक चुटकी सिन्दुरको मूल्यको बारेमा बताइरहँदा आफू भने निःशुल्क अभिनय गरिरहेकी थिइन् ।

‘ओम शान्ति ओम’मा अभिनेता शाह रुख खानको जोडी बनेर अभिनय गरेपछि दीपिका रातारात स्टार बनेकी थिइन् । यो फिल्ममा दीपिकाको अभिनय र लोकप्रियता देखेपछि उनलाई फिल्ममा अनुबन्धित गर्न निर्माता तथा निर्देशकको भीड नै लागेका थियो ।

प्रतिक्रिया दिनुहोस्