यू-२३ एसियन कप छनोट खेल्न नेपाली फुटबल टोली ताजिकिस्तान प्रस्थान



काठमाडौँ : एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपाली यू-२३ टोली ताजिकिस्तान प्रस्थान गरेको छ। नेपाली टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । छनोटका लागि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले आइतबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए ।

छनोटमा नेपाल समूह ुबीु मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेल अक्टोबर २५ मा इरानसँग खेल्ने छ भने दोस्रो खेलमा अक्टोबर २८ मा ताजिकिस्तानसँग खेल्ने छ। त्यसैगरी छनोट चरणको अन्तिम खेलमा नेपालले अक्टोबर ३१ मा लेबनानको सामना गर्ने छ।

छनोटअघि नेपालले अक्टोबर २२ मा इन्डोनेसियाको यू–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्ने छन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्