अमलटारीमा पुरुषको शव फेला 



नवलपुर : नवलपुरको कावासोती १५ को जङ्गलमा पुरुषको शव फेला परेको छ । अमलटारी मध्यवर्ती सामुदायिक बन क्षेत्र अन्र्तगत गुन्द्राही ढकाहा सामुदायिक बनको लामिचौर ब्यारेक नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जानकारी दिएको छ ।

आन्द्रा भुँडी समेत निस्किएको अवस्थामा फेला परेको शवको पहिचान हुन सकेको छैन । अन्दाजी १५ वर्षको युवक भएको प्रहरीले जनाएको छ । यसबारे अनुसन्धान सुरु भएको प्रहरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्