राप्ती पारी टापुमा फसेका चार जनाको सकुशल उद्धार



बाँके : सोमबार साँझदेखि राप्ती नदीमा फसेका चार जनाको उद्धार भएको छ। बाँकेको डुडुवा गाउँपालिका ५ खजुरास्थित राप्ती नदीमा मसाहगाउँका ४ जना फसेका थिए। नदीमा बाढी आएपछि उनीहरू रातभरी फसेका थिए । आज बिहान ८ः ४० बजे नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो ।

उद्धार गरिएकाहरूमा डुडुवा– ४ का ५५ वर्षीय सोखत नाउ, ४५ वर्षीय सव्विर खा, ३० वर्षीय प्रमोद लोनिया र ६० वर्षीय नाजिर खा रहेका छन्। माछा मार्न गएका उनीहरु बाढी आएपछि टापुमा फसेका थिए। उनीहरूसँगै गएका अन्य तीन जना हिजो नै पौडेर नदी तर्न सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस्