पासाङको ’टारी खेत’मा पुष्प र एलिशा (भिडियो)



काठमाडौं । गायिका पासाङ ल्हामु शेर्पाको पहिलो आधिकारिक म्युजिक भिडियो ’टारी खेत’ सार्वजनिक भएको छ। शेर्पाले लोकप्रिय गायक राजेश पायल राईसँगको युगल गायनमा उक्त म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।

शान्तिराम राईको शब्द, संगीत रहेको यस गीतलाई आगा लामाले संगीत संयोजन गरेका हुन्। दशैँ तिहारको कोशेली स्वरूप प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक पुष्प खड्का र एलिशा राई मुख्य भुमिकामा फिचर्ड छन्। साथमा भिडियोमा सुरेश कोहली,आरोही चापागाई,प्रताब मगर,कुसुम केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

भिडियोमा शम्भु चालिसेको छायाँकन र राजेश कुमारको सम्पादन रहेको छ। शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो। निर्माण टिमले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्