भारतको उत्तराखण्ड पहिरोमा परी ३ नेपालीको मृत्यु



काठमाडौं । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली पनि रहेको प्रहरीले जनाएको छ ।
तीन दिनदेखि परेको भीषण वर्षापछिको बाढी र पहिरोमा केही मानिस हराइरहेका छन् । बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पु¥याएको छ भने पर्यटकहरू बिचल्लीमा परेका छन् ।
पाउरी जिल्लामा वर्षापछिको पहिरोमा बगेर मृत्यु भएका पाँच जनामध्ये तीन नेपाली श्रमिक रहेको जिल्ला म्याजिस्ट्रेट विजय कुमारले भारतीय समाचार संस्था एनडीटीभीलाई बताएका छन् । उत्तराखण्डमा अझै केही दिन वर्षा हुने भारतको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्