सर्वत्र विरोध भएपछि गुठी विधेयक स्थगित गर्न योगेश भट्टराईको प्रस्ताव



काठमाडौं : गुठी विधेयक फिर्ताको माग गर्दै संसद् र सडकमा विरोध भईरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराईले उक्त विधेयक स्थगित गर्न प्रस्ताव गरेका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमा उनले गुठी विधेयलाई बुझाउनु पर्नेले बुझाउन नसकेको र बुझ्नु पर्नेले बुझ्न कोसीस नै नगरेको बताए ।

उनले लेखेका छन् ’आगोमा रोटी सेक्न अवाञ्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थाले, प्रधानमन्त्री स्वदेश फर्कनुभयो। अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला, प्रधानमन्त्री ज्यू।’

आइतबारको संसद् बैठकमा पनि सांसदहरूले विधेयक फिर्ता लिएर विज्ञहरू सँग छलफलगरेरमात्र अगाडी बढाउन सुझाव दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्