बर्दियामा गोली प्रहार गरी हत्या र लुटपाट



बर्दिया: बर्दियाको बढैयातालमा गएराती अज्ञात समूहले गोली प्रहार गरी एक व्यक्तिको हत्या गरेको छ। बढैयाताल गाउँपालिका–३ गोबरियापुरका ३५ वर्षीय मोहन खटिकको गोली प्रहारबाट हत्या भएको हो।

 

घरमा सुतिरहेका खटिकलाई गोली प्रहार गरी लुटेरा समूहले घरमा रहेको ५० हजार रुपैयाँसमेत लुटिलगेका प्रहरीले जनाएको छ। गोली प्रहार गर्ने समूहको पहिचान भएको छैन।

 

गोली प्रहारबाट गम्भीर घाइते भएका खटिकको उपचारको क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टले जनाएको छ।  खटिकको शव हाल अस्पतालमै छ। हत्या र लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्